नेपालमा लगानी गर्ने प्रक्रिया झन्झटिलो छ : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । मंगलबार पार्टी निकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताएका हुन् ।
अध्यक्ष यादवले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानहरूले समस्यामा पार्ने गरेको बताए । उनले भने, ‘लगानीलाई कसरी देशमा ल्याउने हो ? त्यो प्राथमिकतामा राख्नुपर्छ । म उपप्रधानमन्त्री हुँदा धेरै लगानीकर्तासँग कुरा भएको थियो । भारत, अमेरिका लगायत अन्य देशमा पनि । उनीहरू लगानी गर्न चाहन्छ, तर यहाँको प्रशासनिक झन्झट जुन छ, एउटा फाइल यहाँबाट त्यहाँ दिनुपर्ने, त्यहाँबाट सार्दा त्यहाँ । कानुनको अस्थिरता, न्यायालयमा विश्वास छैन । न्यायालय निष्पक्ष हुन नसकेकाले कोही पनि न्यायालय आउन चाहँदैन । त्यो वातावरण अन्त्य गर्नुपर्छ । अहिले ७३ प्रतिशत भन्दा बढी बजेट त तलब, भत्ता, ऋण तिर्न, यात्रामा खर्च सकिन्छ । त्यसको आधारमा कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही होइन, त्यसैले नीति परिवर्तन गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण