नेपालले पनि सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्छ : गगन थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने उनले बताएका छन् । बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए ।
‘भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ,’ उनले भने ‘यसमा भारतले कुनै चासो दिँदैन होला ।’
फरक प्रशंगमा महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताएका छन् । ‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं’ उनले भने ।
सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए । ‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ । मैले बोलाए भने पार्टी अप्ठ्यारोमा पर्छ । तर लामो समयदेखि बैठक बसेको छैन । हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने ।
पार्टीका साथीहरूले दुई जना महामन्त्रीबाट आशा राख्नु स्वभाविक भएको उनले बताए । ‘जुन तरिकाले प्रयास गरेका थियौं, त्यसको परिणाम देखिएको छैन, पार्टी सुद्धिकरणका लागि अब नयाँ तबरबाट अगाडि बढ्छौं’ उनले भने ।
पार्टीमा देखिएका समस्यालाई भदौमा हुने नीति अधिवेशनले सम्बोधन गर्ने उनको विश्वास थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण