इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
सारांश
- इरान र कतारबिच आज हुने उच्चस्तरीय वार्तामा अमेरिका–इरानबिच भएको समझदारी कार्यान्वयन तथा इरानका रोकिएका सम्पत्तिको विषयमा छलफल हुने भएको छ ।
- इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले कतारी पक्षसँग समझदारीपत्रका केही प्रावधान कार्यान्वयनबारे छलफल हुने बताए, जसमा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषय पनि समावेश हुनेछ ।
- अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नर दोहा पुगेका छन् र कतारी मध्यस्थकर्तासँग छलफल गर्नेछन्, तर इरानी अधिकारीहरूसँग कुनै प्रत्यक्ष भेटवार्ता तय भएको छैन ।
दोहा । इरान र कतारबिच आज हुने उच्चस्तरीय वार्तामा अमेरिका–इरानबिच भएको समझदारी कार्यान्वयन तथा इरानका रोकिएका सम्पत्तिको विषयमा छलफल हुने भएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दोहामा हुने वार्तामा कतारी पक्षसँग समझदारीपत्रका केही प्रावधान कार्यान्वयनबारे छलफल हुने बताए । उनका अनुसार यसमा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषय पनि समावेश हुनेछ ।
यद्यपि बाघेईले निकट भविष्यमा इरानी वार्ता टोलीको अमेरिकी प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने कुनै योजना नरहेको स्पष्ट पारे । यसैबिच, कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर दोहा पुगेको जानकारी दिए ।
उनका अनुसार उनीहरू कतारी मध्यस्थकर्तासँग छलफलका लागि आएका हुन् । तर, अमेरिकी प्रतिनिधिमण्डल र इरानी अधिकारीबिच कुनै प्रत्यक्ष भेटवार्ता तय नभएको उनले स्पष्ट पारे ।
इरानका करिब ६ अर्ब अमेरिकी डलर बराबरका रोकिएका कोष अझै उसलाई हस्तान्तरण नभएको जानकारी दिँदै वार्ताको प्रगतिअनुसार उक्त रकम इरानलाई उपलब्ध गराइने अन्सारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण