बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन

बुधबार, १७ असार २०८३, १० : ५१
बुधबार, १७ असार २०८३

सारांश

  • सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ।
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाले स्तनपान गराइरहेका आमाहरूलाई सहजता प्रदान गर्न यो कदम चालेको हो।
  • यो व्यवस्था स्तनपान प्रवर्धन संरक्षण तथा सहयोगका लागि बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान गर्ने कार्यविधि, २०८० अनुसार अनिवार्य गरिएको छ।

​काठमाडौँ । सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले मिति एक पत्र जारी गर्दै यो निर्देशन दिएको हो। महाशाखाका निर्देशक डा.मदनकुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा सहज तरिकाले स्तनपान गराउन नपाइरहेको वर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गर्दै यो कदम चालिएको उल्लेख छ।

​स्तनपान प्रवर्धन संरक्षण तथा सहयोगका लागि बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान गर्नु स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८० अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। 

महाशाखाले सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूलाई यथाशीघ्र स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ। यस पत्रको बोधार्थ तथा प्रतिलिपि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक र मन्त्रालयको सार्वजनिक सूचना समन्वय शाखालाई समेत दिइएको छ।

731146839_1033461275899495_6518630067507942501_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप