सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
सारांश
- नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ।
- त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ तोकिएको छ।
- चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा झरेको छ।
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ३८ हजार २५५ रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा झरेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार ६६० रुपैयाँ ५० पैसा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
मन्त्रालयमा हाजिर गर्दै छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण