दुर्घटना
कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु
आइतबार, २८ जेठ २०८०, ०८ : २२
सुर्खेत। कालिकोटमा पुनः जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शुभकालिका गाउँपालिका-२ भर्ताका ३० वर्षका गाडी चालक हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेका छन् ।
गए राति १२:३० बजेतिर शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए।
दुर्घटनाको कारण भने खुलेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
-
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
-
विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण