१० प्रतिशत अनुदान दिने दातृ निकायको प्रभुत्व बढी भयो : सांसद खनाल

काठमाडौँ । पूर्व शिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सरकार कुटनीतिक सम्बन्धमा कमजोर देखिएको आरोप लगाएका छन् । बजेटमा विदेशी दातृ निकायहरुको अनुदान (गान्ट) करिब १० प्रतिशत मात्र भएपनि देशमाथि उनीहरुको अधिपत्यता वा प्रभुत्व बढी भएको भन्दै सांसद खनालले सरकारलाई कुटनीतिक सम्बन्धमा दृण राख्न आग्रह गरे ।
आइतबार प्रतिनिधिसभामा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै सांसद खनालले बजेटले धेरै पक्ष, विषय समेट्न खोजे पनि त्यो व्यवहारिक र वस्तुपरक बन्न नसकेको तर्क गरे । प्राथमिकता प्राप्त क्षेत्रहरुमा खासगरी शिक्षा क्षेत्रलाई बजेटले प्राथमिकता दिन नसकेको, विद्यालय कर्मचारी, शिक्षा ऐनजस्ता कुरा नीति तथा कार्यक्रमले समेटे पनि बजेटमा पर्न नसकेको उनले बताए । विश्वविद्यालय स्थापना तथा सुधार कार्यक्रम बजेटले बिर्सिएको समेत सांसद खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह