१० प्रतिशत अनुदान दिने दातृ निकायको प्रभुत्व बढी भयो : सांसद खनाल
काठमाडौँ । पूर्व शिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सरकार कुटनीतिक सम्बन्धमा कमजोर देखिएको आरोप लगाएका छन् । बजेटमा विदेशी दातृ निकायहरुको अनुदान (गान्ट) करिब १० प्रतिशत मात्र भएपनि देशमाथि उनीहरुको अधिपत्यता वा प्रभुत्व बढी भएको भन्दै सांसद खनालले सरकारलाई कुटनीतिक सम्बन्धमा दृण राख्न आग्रह गरे ।
आइतबार प्रतिनिधिसभामा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै सांसद खनालले बजेटले धेरै पक्ष, विषय समेट्न खोजे पनि त्यो व्यवहारिक र वस्तुपरक बन्न नसकेको तर्क गरे । प्राथमिकता प्राप्त क्षेत्रहरुमा खासगरी शिक्षा क्षेत्रलाई बजेटले प्राथमिकता दिन नसकेको, विद्यालय कर्मचारी, शिक्षा ऐनजस्ता कुरा नीति तथा कार्यक्रमले समेटे पनि बजेटमा पर्न नसकेको उनले बताए । विश्वविद्यालय स्थापना तथा सुधार कार्यक्रम बजेटले बिर्सिएको समेत सांसद खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण