माधव नेपाललाई प्रचण्डको आग्रह– सरकारमा बसेर बजेटको विरोध नगरौँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका हुन् ।
सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् ।
‘एकीकृत समाजवादी सत्ता साझेदार दल हो । मूलतः सरकारमा बसेपछि बजेटको विरोध गर्नु भएन’ बैठकमा सहभागी एक सांसदले प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अप्ठ्यारो परिस्थितिमा जे जस्तो बजेट आयो त्यो राम्रै आएको छ । यसमा सबै सहयोग गरेर जानुपर्छ ।’
आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पारेका थिए । ‘हामीलाई धेरै विकास निर्माण र योजनामा कार्यक्रम समेट्ने इच्छा थियो । आर्थिक स्थितिका बारेमा तपाईँहरू आफैँ जानकार हुनुहुन्छ’ ती सांसदले भने, ‘यो बेला सहयोग गरेर जानुपर्नेमा उल्टै विरोध गरे विरोधी बल पुग्ने बाहेक केही हुँदैन ।’
आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका योजनाहरू नसमेटिएपछि विरोध जारी राखेका छन् । नेताको शक्ति र सत्तालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेकाले विरोध जनाएको उपमहासचिव गंगालाल तुलाधरले बताए । बजेट विनियोजन गर्दा विधि पद्धति भन्दा बाहिर गएर गरिएकाले आपत्ति जनाएको तुलाधरको भनाई छ । तर, बजेट पारित हुन नदिने वा संशोधन गर्ने भन्नेतिर परिस्थिति नजाने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण