कर्णालीले सिङ्गो देशलाई पाल्न सक्छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले ‘नागरिकको लगानी नागरिकमै र राज्यको लगानी पनि नागरिककै’ केन्द्रित हुनुपर्ने बताएका छन् । सोमवार वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले कर्णालीका समग्र साधन स्रोतलाई सही तरिकाले प्रयोग गर्न सके सिङ्गो देश कर्णालीले पाल्न सक्ने दाबी गरे । मुख्यमन्त्री शर्माले सिङ्गो राष्ट्रलाई नाफामा लिन कर्णालीलाई समृद्धि बनाइनुपर्ने तर्क पनि राखे ।
सरकारी स्वामित्व रहेको उक्त लगानी कोषले कर्णालीको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचन गर्न प्रोत्साहित गर्ने र लगानीका अवसरहरू बढाउनका लागि कार्यालयको स्थापना भएको हो । साथै कर्णालीको पुँजी बजारको विकासका समेत नागरिक लगानी कोषले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
नागरिक लगानी कोष स्थापना भइसकेपछि अब सुर्खेतबाट नै परिचय पत्र, परिचयपत्र नम्बर वितरण गर्नेदेखि फाँटवारी सङ्कलन तथा इन्ट्रि, हिसाब मिलान जस्ता सेवाहरू यहीँबाट प्रवाह हुने छन् । उक्त कार्यालय सुर्खेतमा स्थापना भए पनि कर्णालीका सबै नागरिकहरूमा सेवा प्रवाह गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
-
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
-
विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण