सुर्ती–चुरोटमा अझै कर बढाउँछौँ, सबै गरिबको निःशुल्क उपचार गर्छौँ : स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको जानकारी दिएका छन् । मन्त्री बस्नेतले संविधानले स्वास्थ्य शिक्षाको विषय निःशुल्क भने पनि व्यवहारमा निःशुल्क हुन नसकिरहेको अवस्थामा मन्त्रालयले गरिब तथा बेवारिसे अवस्थामा पुगेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेका हुन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य सामग्रीमा अझै करको मात्रा बढाएर ५ वर्षमा सबै नेपालीको निःशुल्क उपचारको व्यवस्था गर्न सकिनेबारे गृहकार्य गरिरहेको जानकारी दिए । उनले एसियाका अरू देशको तुलनामा नेपालमा सुर्तीजन्य बस्तुमा करको मात्रा थोरै रहेको बताउँदै करको मात्रा बढाएर त्यसबाट आउने रकमको छुट्टै कोष बनाएर ५ वर्ष भित्रमा सबै विपन्न गरिबको उपचार गर्न सकिने पनि उल्लेख गरे ।
उनले गरिब, बेवारिसे नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न थालेको बताउँदै सरकारी र प्राइभेट अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने कुरालाई कार्यान्वयनमा लगेको पनि जानकारी दिएका छन् ।
२२ जिल्लाका मानिसले विपन्नताको परिचय पत्र पाएको उल्लेख गर्दै अन्य जिल्लाको हकमा स्थानीय तहको वडा कार्यालयले गरिब हो भन्ने सिफारिस पत्रका आधारमा १० प्रतिशतको निःशुल्क उपचार गर्न सरकारी तथा प्राइभेट अस्पताललाई निर्देशन दिएको बताए । यसबाट हजारौँ नागरिक लाभान्वित हुने मन्त्री बस्नेतको भनाई छ ।
यस्तै उनले गर्मी मौसम आएकाले दादुरा, आगलागी, सर्पदंशका घटना बढ्दै गएकोले सावधानी अपनाउन र उपचारको व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य विभाग केन्द्रहरूलाई निर्देशन दिएको जानकारी गराए ।
देशभरिका अस्पतालहरूमा कति बेड क्षमता छ, आइसियुको अवस्था छ बिरामीको उपचार गर्न स्रोत साधन के छ भन्ने कुरा वेबसाइटमा राख्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न लागेको बताए ।
मन्त्री बस्नेतले भने–‘अस्पतालमा उपचारका लागि टिकट काट्न लाइन बस्न समस्या भएकोले अनलाइनमार्फत टिकटको व्यवस्था गर्न लगाएका छौँ । यसको पनि राम्रो प्रभाव पर्दै गएको छ । कुनै अस्पतालमा स्टकमा वा प्रयोग नभएको स्वास्थ्य उपकरण छ भने त्यस्ता उपकरण नभएको अस्पतालमा पठाउने काम सुरु गरेका छौँ । यसबाट उपकरण नभएका स्वास्थ्य संस्थामा काम गर्न सहज हुन थालेको छ ।’
आगोले पोलेको उपचार गर्ने अस्पतालहरूसँग उनीहरूको क्षमताबारे छलफल गरेको बताउँदै मन्त्री बस्नेतले यस वर्षको बजेटमा वीर अस्पतालमा बर्न वार्ड बनाउनका लागि सम्बोधन भएको र यसलाई प्रदेशसम्म बिस्तार गर्ने उनले बताए । सर्पले टोकेका केश धेरै आएका ठाउँलाई उपचारका लागि केन्द्र तोक्ने काम गरिरहेको जानकारी गराएको मन्त्री बस्नेतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण