आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक : मुख्यसचिव परिवर्तनको तयारी

बिहीबार, ३२ जेठ २०८०, ०९ : ४७
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव परिवर्तनबारे निर्णय गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार मुख्यसचिव शंकरदास बैरागीलाई सुरक्षा परिषद्को अध्यक्ष बनाउने र उनको ठाउँमा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ । यो सहित आजको मन्त्रिपरिषद् बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय पनि गर्ने बुझिएको छ ।

यसअघिको समाचारमा अध्यावधिक गरिएको 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप