संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन् । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए । सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने बताए । उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए ।
‘स्वदेशमा कसरी व्यवहारिक ढंगबाट प्राविधिक शिक्षाहरु अध्ययन गर्न सकिन्छ भन्नेकुरा यस मेलाले बुझाउँछ । नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन्’ उनले भने– ‘परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोशिस गरेका छन् । तर सफल हुन सकेका छैनन् । यी ऐन ल्याउन चुनौति जस्तो देखिएको छ । ऐन ल्याउन अहिले संसद चलिरहेको छ, छिटो ढंगबाट आउन सकोस् ।’
सभामुखले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गरे । बिहीवारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला शुरु भएको हो । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आईतवारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण