विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ जना पक्राउ
काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बस्न खोजेपछि प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो । त्यही क्रममा सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीहरूले पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । आन्दोलनकारीको तर्फबाट एक विज्ञप्ती जारी गर्दै उनीहरूले निसर्त रिहा गर्न माग गरेका हुन् । परिषद्का महासचिव शान्तिनाथ योगीले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताए । गिरफ्तार गरेकाहरूलाई तत्काल रिहा र माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उनको चेतावनी छ । ३५ हजार भन्दा बढीको संख्यामा रहेको लेखापाल र कार्यालय सहयोगीहरूले लामो समयदेखि सेवा सुरक्षा ग्यारेन्टीको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण