अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
सारांश
- विश्वकप फुटबल २०२६ मा अफ्रिकी राष्ट्र आइभोरी कोस्टका मुख्य सिर्जनशील खेलाडी २३ वर्षीय विङ्गर अमद डियालो मैदान उत्रिएका छन्।
- डियालो आफ्नो सटिक देब्रे गोडाको प्रहार, तीव्र गति र विपक्षीको बलियो रक्षापङ्क्तिलाई सजिलै तोड्न सक्ने खेल कौशलका लागि चिनिन्छन्।
- विश्वकप २०२६ को छनोट चरणमा १० खेलमा अपराजित रहँदा र एउटै पनि गोल नब्यहोरी विश्वकपमा स्थान सुरक्षित गर्दा उनले टोलीका लागि १ गोल योगदान गरेका थिए।
काठमाडौँ । विश्वकप फुटबल २०२६ मा अफ्रिकी राष्ट्र आइभोरी कोस्टको मुख्य सिर्जनशील खेलाडीका रूपमा विङ्गर अमद डियालो मैदान उत्रिएका छन्।
२३ वर्षका यी युवा खेलाडी आफ्नो सटिक देब्रे गोडाको प्रहार, तीव्र गति र विपक्षीको बलियो रक्षापङ्क्तिलाई सजिलै तोड्न सक्ने खेल कौशलका लागि चिनिन्छन्।
यस पटकको विश्वकपमा अन्तर्राष्ट्रिय मञ्चमा हेर्नैपर्ने उत्कृष्ट खेलाडीको सूचीमा डियालो पनि परेका छन्। टोलीका लागि मुख्य कडी मानिएका उनको लय र उपस्थितिले आइभोरी कोस्टलाई बलियो बनाएको छ।
आइभोरी कोस्ट (द एलिफेन्ट्स) का लागि डियालोको हालैको अन्तर्राष्ट्रिय प्रदर्शन निकै प्रभावकारी रहेको छ। विश्वकप २०२६ को छनोट चरणका १० खेलमा अपराजित रहँदा र एउटै पनि गोल नब्यहोरी विश्वकपमा स्थान सुरक्षित गर्दा उनले टोलीका लागि १ गोल योगदान गरेका थिए।
यसअघि सन् २०२५ को अफ्रिका कप अफ नेसन्समा ३ गोल र १ असिस्ट गर्दै उनी टोलीका मुख्य स्टार बनेका थिए। विश्वकपको पूर्वसन्ध्यामा खेलिएको तयारी खेलमा फ्रान्सविरुद्ध २–१ को ऐतिहासिक मैत्रीपूर्ण जित निकाल्दा डियालोले नै निर्णायक गोल गरेका थिए।
क्लब फुटबलतर्फ इङ्लिस जाइन्ट म्यान्चेस्टर युनाइटेडबाट खेल्ने डियालोले भर्खरै सकिएको २०२५–२६ को प्रिमियर लिग सिजनमा उत्कृष्ट प्रदर्शन गरे। उनले लिगका ३२ खेलमा (२७ खेलमा सुरुवाती रोजाइ) मैदान उत्रिँदै २ गोल र ३ असिस्ट गरे।
सो अवधिमा ८९ प्रतिशतको सटिक पासिङ एक्युरेसीसहित ३८ पटक गोलको अवसर सिर्जना गरेर उनले म्यान्चेस्टर युनाइटेडको मिडफिल्ड र आक्रमणमा आफ्नो बलियो छाप छोडे।
यसअघिको २०२४–२५ को सिजनमा पनि उनले क्लबका लागि सबैखाले प्रतियोगिताहरूमा कुल ८ गोल र ६ असिस्ट गरेका थिए। यही सानदार लयलाई कायम राख्दै डियालो विश्वकपमा आफ्नो देशलाई नयाँ उचाइमा पुर्याउने दाउमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण