भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
सारांश
- भक्तपुर नगरपालिकाले आफ्नो सम्पदा जोगाउने नीति अन्तर्गत सिद्धपोखरीको मर्मत कार्यलाई तीव्रता दिएको छ।
- कृष्णबहादुर दुगुजुको अध्यक्षतामा गठित उपभोक्ता समितिले २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरी आगामी भदौको दोस्रो सातासम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ।
- नगरपालिकाले ८५ लाख रुपैयाँ बजेट विनियोजन गरी दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी मर्मत कार्य गरिरहेको छ।
काठमाडौँ । भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरीको मर्मत कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ।
भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरीको संरक्षण तथा पुनःनिर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनः निर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो। आगामी भदौको दोस्रो सातासम्ममा मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
_Ss9qCP5S8V.jpg)
नगरपालिकाले मर्मतका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी तथा अन्य संरचनाको मर्मत भइरहेको छ। नगरपालिकाले स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न सङ्घसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन आह्वान गर्दै आएको छ। सार्वजनिक बिदाका दिन स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको बताइएको छ।
_tq6S5DQOzm.jpg)
भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण सम्पदा हो। भक्तपुर दरबार क्षेत्र तथा अन्य ऐतिहासिक सम्पदा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रमुख आकर्षणको केन्द्र बनेको छ।
_9zfqrSPDgo.jpg)
_qi4379cSp1.jpg)
_yNfVv3fXZm.jpg)
_JhydKXuewK.jpg)
_CnGK3Kgp8E.jpg)
_hZMRVfvSPF.jpg)
_25sOYUQbQ7.jpg)
_7YTGhIkqGG.jpg)
_tEMK0FNDBA.jpg)
_hUGuxnvXHh.jpg)
_eSWtRvpdeP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण