आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगको पहिलो खेल म्यानचेस्टर सिटी र बर्नलीबीच

बिहीबार, ३२ जेठ २०८०, १६ : ५७
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ (सन् २०२३/२४) सिजन म्यानचेस्टर सिटी र बर्नलीबीचको खेलबाट सुरु हुनेछ । म्यानचेस्टर सिटी प्रिमियर लिगको विजेता क्लब हो भने बर्नली यसै वर्ष प्रिमियर लिगमा उक्लिएको क्लब हो । म्यानचेस्टर सिटी र बर्नलीबीचको खेल आगामी अगस्त ११ तारिखमा खेलिने छ । त्यसको भोलिपल्ट आर्सनलले नटिङ्घम फरेष्टसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन बर्नमाउथ र वेस्ट हाम, ब्राइटन र लुटन टाउन, एभर्टन र फुलहाम, सेफिल्ड युनाइटेड र क्रिस्टल प्यालेस तथा न्युक्यासल युनाइटेड एस्टन भिल्लाबीच पनि खेल हुनेछन् ।

आगामी सिजनको प्रिमियर लिगका लागि तीनवटा क्लब नयाँ छन् । च्याम्पियनसिपबाट तीनवटा क्लब प्रिमियर लिगमा उक्लिएका हुन् । प्रिमियर लिगमा उक्लिएका नयाँ क्लब बर्नली, सेफिल्ड युनाइटेड र लुटन टाउन हुन् । लुटन टाउनले ३१ वर्षपछि प्रिमियर लिग खेल्न लागेको हो । बर्नली एक वर्ष र सेफिल्ड युनाइटेड दुई वर्षको अनुपस्थितिपछि पुनः प्रिमियर लिगमा फर्किएका हुन् ।

प्रिमियर लिगको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो । अगस्त १३ तारिखमा ब्रेन्टफोर्डले टोट्टनहामको सामना गर्नेछ । सोही दिन चेल्सी र लिभरपुलबीच खेल हुनेछ । अगस्त १४ तारिखमा म्यानचेस्टर युनाइटेडले उल्भरह्याम्पटनको सामना गर्नेछ । प्रिमियर लिगको आगामी सिजन सन् २०२४ को मे १९ तारिखमा सकिने छ । यसपटक प्रिमियर लिगमा आर्सनल, एस्टन भिल्ला, बर्नमाउथ, ब्रेन्टफोर्ड, ब्राइटन एन्ड होभे अल्बियन, बर्नली, चेल्सी र क्रिस्टल प्यालेस रहेका छन् ।

यसैगरी एभर्टन, फुलहाम, लिभरपुल, लुटन टाउन, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, न्युक्यासल युनाइटेड, नटिङ्घम फरेष्ट, सेफिल्ड युनाइटेड, टोट्टनहम हट्सपर, वेस्ट हाम युनाइटेड र उल्भरह्याम्पटन वन्डरर्सले पनि यो सिजनको प्रिमियर लिग खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप