शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ बसपार्कबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने बालेनको निर्णय पूर्ण कार्यान्वयनमा आएन (फोटोफिचर)
यातायात व्यवस्थापन

नयाँ बसपार्कबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने बालेनको निर्णय पूर्ण कार्यान्वयनमा आएन (फोटोफिचर)

कार्यदलको निर्णय कुर्दै यातायात व्यवसायी
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिरिने लामो, मध्यम र छोटो दूरीका सार्वजनिक यातायात गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नेगरी गरेको निर्णय पूर्ण कार्यान्वयनमा नआएको पाइएको छ । महानगरका मेयर बालेन शाहको विशेष चासो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने पहलस्वरुप यो निर्णय कार्यान्वयनमा ल्याइएको हो । 

यातायात व्यवासायीको असन्तुष्टि तथा सबै पक्षलाई सहमत गराउन बिहीबारमात्रै एक कार्यदल बनेको थियो । सो कार्यदलको प्रतिवेदन नआउँदासम्म अनिवार्य बसपार्कबाट यातायात सञ्चालन गर्ने निर्णय पूर्ण रुपमा कार्यान्वयनम नआउने बताइएको हाे । 

बिहीबार महानगरपालिकाको समन्वयनमा बसपार्कबाहेक उपयुक्तस्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना र बस स्टप व्यवस्थापनका लागि विशेष कार्यदल बनाइएको छ । 

कार्यदलको संयोजकमा महानगरबाट जगतमान श्रेष्ठ संयोजक रहेका छन् भने यातायात व्यवसायी तथा सरोकारवालालाई सदस्य बनाइएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले शुक्रबारदेखि नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपनि सबै कुरा मिलाएर क्रमशः कार्यान्वयनमा जाने बताए । 

उनले मुख्यतः टिकट कार्यालय र बसपार्कबाहेक जाम नहुने स्थानमा बस स्टप तय गर्न कार्यदल बनाइएको र यसले एउटा प्रतिवेदन दिएपछि सहजता हुने बताए । 
उनले सार्वजनिक यातायात क्षेत्रमा अनेकन समस्या भएकाले क्रमशः सुधार हुँदै जाने बताए । सार्वजनिक यातायात क्षेत्रमा अनेक बेथिति रहेकाले यसको सुधारमा महानगरको पहलकदमी सकारात्मक भएपनि सबै एकैचोटी समाधान हुन नसक्ने र समय लाग्ने उनको भनाइ छ । 

उनका अनुसार तत्कालका लागि बसपार्कबाहेक पुरानै स्थानबाट पनि बस सञ्चालन भइरहेका छन् । तर, क्रमशः सबै व्यवस्थित गरेर बसपार्क नै अन्तिम बिन्दु हुनेगरी बस सञ्चालन गरिने उनको भनाइ छ । 

नयाँ बसपार्कमा शुक्रबार बिहान माइक्रोबस र केही बसहरुले सञ्चालनमा भएपनि कतिपय बसहरु यसअघि नै सञ्चालन भएका स्थानबाट सञ्चालित भएका छन् । बसपार्क साँघुरो र व्यवस्थित भएपनि हतारमा निजी कम्पनीलाई जिम्मा दिएर आफूहरुलाई अनावश्यक हैरानी दिएको केही यातायात व्यवसायीले बताउँदै आएका छन् । 

उनीहरुको असन्तुष्टिकै कारण बिहीबारको बैठकले टिकट कार्यालय स्थापना र सीमित ठाउँठाउँमा सीमित बस स्टप बनाउनेगरी कार्यादल बनाइएको हो । उसो त बस स्टप नहुँदा यात्रुले समेत हैरानी बेहोर्नुपर्ने अवस्था छ । 

यसैबीच रिङरोडमा रहेका सम्पूर्ण अव्यवस्थित टिकट काउन्टरहरुको बोर्ड आजैदेखि हटाउने सो बिहीबार बैठकबाट सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया