शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू

शुक्रबार, २२ जेठ २०८३, २० : १५
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
  • विगतका उच्च राजनीतिक नेतृत्वले जस्तो बन्द कोठामा लुकिछिपी कुनै भेटघाट नगरेको उनले स्पष्ट पारे।
  • उनले राजनीतिलाई अर्थ-राजनीतिमा परिणत गरी छिमेकी राष्ट्रको विकासबाट सिक्दै अल्झिएका आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वदेश फर्किएका छन्। पाँच दिने भारत भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन्। 

भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विगतका उच्च राजनीतिक नेतृत्वले जस्तो बन्द कोठामा लुकिछिपी कुनै भेटघाट नगरेको स्पष्ट पारे।

राजनीतिलाई अर्थ–राजनीतिमा परिणत गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालले अब विकासको गतिलाई समात्नुपर्ने बताए। छिमेकी राष्ट्रले विकासमा मारेको लोभलाग्दो फड्कोबाट नेपालले पनि सिक्नुपर्ने र विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अल्झिएका विकास आयोजना सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।

rabi india bhraman (13)rabi india bhraman (14)rabi india bhraman (15)rabi india bhraman (16)rabi india bhraman (17)rabi india bhraman (18)rabi india bhraman (19)rabi india bhraman (20)rabi india bhraman (21)

rabi india bhraman (1)rabi india bhraman (2)rabi india bhraman (3)rabi india bhraman (4)rabi india bhraman (5)rabi india bhraman (6)rabi india bhraman (7)rabi india bhraman (8)rabi india bhraman (9)rabi india bhraman (10)rabi india bhraman (11)rabi india bhraman (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप