१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
सारांश
- तत्कालीन गृहमन्त्री सुधन गुरुङको गृह मन्त्रालयमा पुनः आगमन प्रतिवेदनमा निर्भर रहने चर्चा छ ।
- राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणा र दुर्गा प्रसाईँबीच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सहमति भएको छ ।
- विदेशमा पढेर आएका अधिकांश चिकित्सक नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका छन् ।
काठमडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. गृहमा सुधनको ‘कमब्याक’ प्रतिवेदनमा निर्भर !
तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएसँगै गृह मन्त्रालयमा गुरुङको ‘कमब्याक’ हुनसक्ने चर्चा सुरु भएको छ । छानबिन समितिको प्रतिवेदनमा गुरुङको कमब्याक निर्भर रहेको गृह मन्त्रालयका कर्मचारीबिच शुक्रबार चर्चा चलेको हो ।
२. रवि लामिछाने स्वदेश फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्।
३. राप्रपालाई धक्का !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने औपचारिक सहमति भएको छ ।
४. घट्यो काठको मूल्य
सरकारले उपभोक्ताहरूलाई बिक्री गर्दै आएको काठको मूल्य घटाएको छ । मधेस प्रदेश वन निर्देशनालयले जेठ ११ गतेदेखि लागु हुनेगरी काठको मूल्य घटाएको हो ।
डिभिजन वन कार्यालय बारा, वन पैदावार आपूर्ति समितिले जेठ ६ गते काठ, दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो । आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृत गरेको हो ।
५. क्रियाशील सदस्यता विवाद
नेपाली कांग्रेसले क्रियाशील सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्न नमानिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका सिनियर नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिदिने तयारी गरेको छ ।
६. रास्वपा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लाका लागि आफ्नो अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
७. अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा अनुत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा विदेशमा पढेर आएका अधिकांश चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म लिएको लाइसेन्सको परीक्षामा फेल हुनेहरूमा नेपालका निजी कलेजको तुलनामा विदेशमा चिकित्साशास्त्र (डाक्टर) पढेर आएकाहरूको सङ्ख्या बढी देखिएको हो।
८. प्रधानमन्त्री मौन
अध्यादेश जारी भएपछि द्रुत गतिमा प्रधानन्यायाधीश सिफारिस गरेको संवैधानिक परिषद्ले त्यसपछि अर्को बैठक बोलाएको छैन।
९. जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जनकपुरधाम मधेस प्रदेशको राजधानीसमेत हो । प्रदेश राजधानी बनेसँगै यहाँ सरकारी कार्यालय, व्यापारिक गतिविधि, सेवाग्राही र पर्यटकको चाप बढिरहेको छ । सवारी साधनको बढ्दो सङ्ख्याअनुसार पार्किङ व्यवस्थापन हुन नसक्दा जनकपुरधामका मुख्य सडक र बजार क्षेत्र अस्तव्यस्त बन्दै गएका छन् ।
१०. अदालत/प्रशासन
नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
११. आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ ।
२. वारपार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनको भारत भ्रमणको निकै चर्चा भइरहेको छ । यो भ्रमणले नेपाल–भारतबिचको सम्बन्धमा कस्तो प्रभाव राख्छ भन्नेबारेमा विभिन्न कोणबाट टिप्पणी भइरहेको छ ।
लामो समयदेखि परराष्ट्र मामिलामा लेख्दै आएका पत्रकार अनिल गिरीसँग रातोपाटीको ‘वारपार’मा रवि लामिछानेको भारत भ्रमणको राजनीतिक र कूटनीतिक प्रभाव तथा नेपालको वर्तमान राजनीतिक परिवेशका विषयमा कुराकानी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण