बागमती प्रदेशसभा सदस्यलाई घुमाउरो बाटोबाट बजेट
मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुलाई प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा घुमाउरो बाटो अपनाएर रकम विनियोजन गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सार्वजनिक गरिएको बजेट वक्तव्यमा सरकारले प्रदेशका सांसदलाई घुमाउरो शैलीबाट बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको छ । प्रदेशका सांसदहरुकै माग अनुसार सरकारले सो कार्यक्रम बजेटमा समावेश गरेको हो । उक्त कार्यक्रम अन्तर्गत रहेर प्रदेश सांसदकै अगुवाइमा योजना छनौट तथा सञ्चालन गर्ने गरी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गरेको हो ।
सरकारले सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूको विकास सम्बन्धी समस्या र गुनासो सम्बोधन गर्न सहज वातावरण सिर्जना गर्दै लगिने बजेट वक्तव्यमा उल्लेख छ ।
‘प्रदेशसभाका सदस्य र स्थानीय तहबीच सुमधुर सम्बन्ध कायम गरी अन्तर तह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेशसभाका सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजनाहरू छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको छु,’ बजेट वक्तव्यमा उल्लेख छ ।
बजेट वक्तव्यमा सो कार्यक्रमका लागि विनियोजित बजेटको अंकभार भने तोकिएको छैन । सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई क्रमशः ५ र ३ करोड रुपैयाँ विनियोजन गर्ने गरी छलफल भएको र सोही अनुसार बजेटमा सो कार्यक्रम समावेश गरिएको प्रदेशका एक सांसदले बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षबाट सुरु भएको वडा समाजवादी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । सरकारले बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको अभ्यास स्थानीयस्तरबाटै गरी प्रदेशको विकासमा गतिशीलता र प्रभावकारिता अभिवृद्धि गर्न सो कार्यक्रम ल्याएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले बताए ।
उनका अनुसार मानव विकास सूचकाङ्कमा पछाडि परेका १५ स्थानीय तहका एक÷एक वडामा नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न १५ करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण