साताको सेयर बजार – परिसूचक ५ प्रतिशत बढ्यो, १८ अर्ब बढीको कारोबार
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ । जेठ २२ गते अन्तिम पटक घटेको नेप्से परिसूचक त्यसयता निरन्तर बढिरहेको छ । लगातार आठौँ दिनसम्म बढ्दा परिसूचकमा यो साता मात्रै ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन परिसूचक १९.३९ अङ्कमा कायम थियो । जबकि, यो साताको अन्तिम कारोबार अर्थात बिहीबारसम्मको अवधिमा १०२ अङ्कले बढ्दै २०४२ अङ्कमा पुगेर रोकिएको छ । यो एक सातामा आएको ५.२८ प्रतिशतको वृद्धि हो ।
लगातार ८ दिनदेखि बढिरहेको नेप्से परिसूचक यो साताको ५ दिन नै बढेर बन्द भयो । यो सातामा १८ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । जबकि, गतसाता १० अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो । यो साता एकै दिन ५ अर्ब रुपैयाँ बराबरको समेत कारोबार भएको छ । यससँगै, नेप्सेको बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । यो साता निरन्तर परिसूचक बढ्दा डेढ खर्बले नेप्सेको बजार पुँजीकरण बढेको हो । गत साता नेप्सेको बजार पुँजीकरण २८ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।
परिसूचक १०२ अङ्कले बढ्दा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा वृद्धि आएको छ । यसमध्ये पर्यटन क्षेत्रमा फर्किएको लय देखेर लगानीकर्ता होटेल समूहमा झुम्मिएका छन् । यो साता होटेल समूह १५ प्रतिशतले बढ्यो । यस्तै, यो साता जीवन र निर्जीवन बीमा समूहमा समेत उत्कृष्ट वृद्धि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण