समाजवादी मोर्चाबारे के भन्छन् नेताहरु ?
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन् ।
आइतबार बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताएका हुन् । उनले सो मोर्चा वैचारिक हुने पनि बताए । उनले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वाभाविक भएको बताए । उनले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरू मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरूलाई समेट्दै जाने बताए ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरूका बीचमा मोर्चा बनाउन पाइने टिप्पणी गरेका छन् । उनले यति चाँडै अर्को मोर्चा किन बनाउनुप¥यो भनी प्रश्न गरे । उनले सत्तारुढ दलहरूसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने सर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने बताए ।
यस्तै, नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले देशलाई स्थिर रूपमा अगाडि बढाउनका लागि राजनीतिक दलहरूका बीचमा एकता आवश्यक भएकाले मोर्चा बनाउन लागिएको बताए । उनले कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने उद्देश्य रहेको भन्दै मोर्चा त्यसैको पहिलो खुड्किलो भएको बताए ।
यता, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरे । उनले सो मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्न नसक्ने बताए । सत्ता गठबन्धनभित्र आफ्नो पक्षलाई बलियो बनाउने मात्रै समाजवादी मोर्चाको तत्कालिक उद्देश्य रहेको बताए ।
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दलहरूका बीचमा मोर्चा बन्न लागेको बताए । देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको उनले बताए । उनले सत्ता साझेदार दलहरूका बीचमा कुनै खटपट भएर मोर्चा बनाउन नलागेको स्पष्ट पारे ।
त्यसैगरी नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नफल्ने खेती भएको टिप्पणी गरे । उनले यो मोर्चाले कुनै लाभ दिन नसक्ने बताए । उनले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी आन्दोलनकै पक्षमा नभएका आरोप लगाए । उनले समाजलाई अगाडी बढाउन कुनै ठोस कार्यक्रम र योजना नहुनेहरूको मोर्चाले केही काम गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण