सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्राध्यापक सुवेदी अकस्फोर्ड विश्वविद्यालयको मानार्थ फेलोमा निर्वाचित

सोमबार, ०४ असार २०८०, १० : २९
सोमबार, ०४ असार २०८०

लन्डन ।  प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई अकस्फोर्ड विश्वविद्यालय अन्तर्गतको  एक्सेटर कलेजको प्राज्ञ सभाले  मानार्थ फेलोको पदमा निर्वाचित गरेको छ।   कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्ति तथा  विज्ञान, प्रविधि, चिकित्सा शास्त्र, मानविकी, समाज शास्त्र, कानुन जस्ता विधामा उत्कृष्ट योगदान दिने शीर्षस्थ विद्वानहरुलाई नियुक्ति गरिने उक्त फेलोसिप अक्सफोर्डको कलेजहरूले दिनसक्ने सबै भन्दा ठुलो सम्मान हो।

 ‘विश्वप्रशिद्ध व्यक्तिहरूको सहभागिता रहेको मानार्थ फेलोमा नियुक्त हुन पाएकोमा हर्षित र गौरवान्वित भएको छु’  सुवेदीले भने । उनीसँगै विश्व प्रसिद्ध लेखिका जे के राउलिङ, अर्का बेलायती लेखक द्वय आलन बेनेट र सर फिलिप पुलम्यान,  स्पेनकी  महारानी सोफिया, घानाका पूर्व रास्ट्रपति डा  जोन कुफ़ोउर, जीव विज्ञान शास्त्री सर जोन आसवोर्थ, नेलसन मण्डेला र  डेसमोंड टुटुका वकिल प्रसिद्ध रङ्गभेद विरोधी अभियन्ता सर सिड्नी केनट्रीज, पाश्चात्य शास्त्रीय संगीतका लेखक तथा कवि अल्फ्रेड ब्रेनडेल, रोयल अपेरा हाउसका निर्देशक सर आन्टोनियो पापानो, लर्ड स्टेफन ग्रीन र सर डेविड वारेन जस्ता मूर्धन्य व्यक्तित्वहरु अक्सफोर्डको उक्त कलेजका मानार्थ फेलोमा नियुक्त भएका हुन् । 

अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि गरेका प्रा सुवेदीको नाममा तीन वर्ष अघि उक्त विश्वविद्यालयले एउटा बार्षिक पुरस्कार स्थापना गरी उनलाई सम्मान गरेको थियो। सुवेदीले  अन्तर्राष्ट्रिय कानुनका प्राय: सबै आयामहरुमा एक दर्जन   विश्वस्तरका ग्रन्थ र पाँच दर्जन भन्दा  बढी अनुसन्धानात्मक लेखहरू संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् ।

उनले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानी बाट मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानुनविदहरुलाई दिइने उच्च उपाधि  प्राप्त गरेका थिए। नेपालमा जुनसुकै सरकार आए पनि  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका महत्त्वपूर्ण विषयमा सल्लाह र सुझाव दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप