शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, ०६ असार २०८०, १० : २३
बुधबार, ०६ असार २०८०

काठमाडौँ। नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ७ गते बुक क्लोज गर्दै छ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । 

लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले असार १५ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । 

सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप