योगले राष्ट्रसेवक कर्मचारीहरुलाई समेत ऊर्जा प्रदान गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रङ्गशालामा आज आयोजित योग अभ्यासमा सरिक हुँदै उनले योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरुलाई समेत ऊर्जा प्रदान गर्ने बताए ।
आर्ट अफ लिभिङको सहकार्यमा नवौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा योग अभ्यासको आयोजना गरिएको हो । उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याललगायत सङ्घका पदाधिकारीहरु, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरु समेतको सहभागिता रहेको थियो ।
यसअघि उक्त दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा पनि एकदिने योगाभ्यास तथा उत्प्रेरणा कर्यक्रम आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण