कृषिलाई औद्योगिक क्षेत्रमा विस्तार गर्नुपर्छ : जनार्दन शर्मा
बुधबार, ०६ असार २०८०, १५ : १५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रमा स्थापित गर्न सकेमात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने बताए ।
‘कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्न जरुरी छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नसक्ने हो भने १० वर्षपछि किसान नै रहनेछैनन्’, शर्माले भने, ‘ठुला तथा साना सिँचाई आयोजनाहरुको विस्तार गरेर कृषि क्षेत्रमा आकर्षण बढाउनुपर्छ ।’
कृषि पेन्सन कार्यक्रम कटौती गरेको भन्दै उनले कृषि क्षेत्रबाटै स्वरोजगार वृद्धि गर्न सकिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण