विपद् प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्युत्, खाद्यान्न लगायतका कनेक्टिभिटि तत्काल जोड्ने गरी काम गरिरहेको बताए । उनले बाढी पहिरो विपद्बाट बेपत्ता भएको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताए ।
गृहमन्त्री श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयवासी र बस्तीको स्थानान्तरण नभएको भए तत्काल बस्ती स्थानान्तरण गर्ने काम गरिने बताए । उनले बाढी पहिराबाट मानव र बस्ती जोगाउँदै घाइतेहरुको उपचार जोड दिएर काम गरिरहेको बताए ।
गृहमन्त्री श्रेष्ठले कनेक्टिभिटीलाई प्राथमिकताको आधारमा सरकारले कार्यायोजना बनाएर काम थालेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरुको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण