प्ल्जेन र स्लोभाकियामा नेपाली कलाकारले देखाए लोक नृत्य
काठमाडौंँ । चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर कलाकार टोली फर्किएको छ । लामो समयदेखि सांस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले कलाकारको नेतृत्व गरेको थियो । चेक रिपब्लिकको प्ल्जेनमा जुन ७ देखि ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र, स्लोभाकियाको मियावा शहरमा जुन १३ देखि १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रको समूहले सहभागिता जनाएका थिए ।
नेपालबाट आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक सीतल आचार्य, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी र संगीत सम्योजन रामबहादुर भुजेलको, शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, चरिया गुरु चन्द्रमान मुनिकार, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, अनिशा श्रेष्ठ, चाहना राना मगर बाद्यवादन तथा गायक गायिकातर्फ वरिष्ठ बाँसुरीबादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोकगायक रामप्रसाद पाण्डे, गायिका रीता बुढाथोकी भुजेल तथा प्रबन्धक डेक प्रसाद अधिकारी (गोपाल) लगायत सहभागी थिए ।

टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत, झ्याउरे, तामाङ, मारुनी, थाली, भैरवकाली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरेका थिए । उक्त अवसरमा अन्तर्राष्ट्रिय तथा नेपाली समूहका कलाकारहरुलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली गीतमा नृत्य प्रशिक्षण गराएका थिए भने नेपाली समूहले विभिन्न देशको नृत्य प्रशिक्षण लिएको थियो । स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरव कालीबाट भएको थियो भने समापन पनि नेपाली चरिया नृत्य कुमारीबाट भएको थियो ।
सांस्कृतिक कार्यक्रमको आदान प्रदानले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै नेपाल बुद्धको जन्मभूमि हो भनेर जानकारी दिनसमेत मद्दत पुग्ने एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण