मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता पनडुब्बी : फेला परे पनि त्यहाँसम्म पुग्न घन्टौँ लाग्ने

बिहीबार, ०७ असार २०८०, १४ : ३२
बिहीबार, ०७ असार २०८०

एट्लान्टिक महासागरको गहिराइमा हराइरहेको पनडुब्बी टाइटन पत्ता लगाउन अमेरिकाबाट एक खोजी सबमरिनलाई घटनास्थलमा पठाइँदै छ । रिमोटबाट चलाउन मिल्ने यो पनडुब्बीलाई टाइटानिकसम्म पुग्न ४८ घण्टाको समय लाग्नेछ ।

डिप सी एक्सप्लोरर डा. डेभिड ग्यालोले अब चमत्कार भए मात्रै यो पनडुब्बीमा फसेका मानिसको ज्यान जोगाउन सकिने बताएका छन् । तर उनले आशा भने मारेका छैनन् ।

बेलायती न्युज च्यानल आईटिभीको एक कार्यक्रममा उनले समुद्र भित्रबाट आउने आवाज भरपर्दो भएको र  बारम्बार आइरहेको बताए । यसको मतलब यो हो कि उद्धार कार्यमा संलग्न टोलीहरूले यी आवाजहरू पनडुब्बीबाट आइरहेको मान्यता राखेका छन् । 

उनी भन्छन्, ‘यी आवाजहरू पनडुब्बीबाटै आएको हो भनेर हामीले मान्नु पर्छ । र छिटो काम गर्दै, पनडुब्बीबारे पत्ता लगाउनुपर्छ र रोबोट पठाएर यो आवाज पनडुब्बीको हो कि होइन भनेर पुष्टि गर्नुपर्छ ।’

‘यी आवाजहरू पनडुब्बीबाट आउँदै छन् भनेर विश्वास गरेर तयार हुनुपर्छ किनभने यसलाई पत्ता लगाउन र त्यसलाई बाहिर ल्याउन घण्टौँ लाग्नेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप