बेपत्ता पनडुब्बी : फेला परे पनि त्यहाँसम्म पुग्न घन्टौँ लाग्ने
एट्लान्टिक महासागरको गहिराइमा हराइरहेको पनडुब्बी टाइटन पत्ता लगाउन अमेरिकाबाट एक खोजी सबमरिनलाई घटनास्थलमा पठाइँदै छ । रिमोटबाट चलाउन मिल्ने यो पनडुब्बीलाई टाइटानिकसम्म पुग्न ४८ घण्टाको समय लाग्नेछ ।
डिप सी एक्सप्लोरर डा. डेभिड ग्यालोले अब चमत्कार भए मात्रै यो पनडुब्बीमा फसेका मानिसको ज्यान जोगाउन सकिने बताएका छन् । तर उनले आशा भने मारेका छैनन् ।
बेलायती न्युज च्यानल आईटिभीको एक कार्यक्रममा उनले समुद्र भित्रबाट आउने आवाज भरपर्दो भएको र बारम्बार आइरहेको बताए । यसको मतलब यो हो कि उद्धार कार्यमा संलग्न टोलीहरूले यी आवाजहरू पनडुब्बीबाट आइरहेको मान्यता राखेका छन् ।
उनी भन्छन्, ‘यी आवाजहरू पनडुब्बीबाटै आएको हो भनेर हामीले मान्नु पर्छ । र छिटो काम गर्दै, पनडुब्बीबारे पत्ता लगाउनुपर्छ र रोबोट पठाएर यो आवाज पनडुब्बीको हो कि होइन भनेर पुष्टि गर्नुपर्छ ।’
‘यी आवाजहरू पनडुब्बीबाट आउँदै छन् भनेर विश्वास गरेर तयार हुनुपर्छ किनभने यसलाई पत्ता लगाउन र त्यसलाई बाहिर ल्याउन घण्टौँ लाग्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण