आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

११ महिनामा १४ खर्ब ८० अर्बको आयात, १३ खर्ब ३७ अर्ब घाटा

बिहीबार, ०७ असार २०८०, २१ : ५७
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार जेठ मसान्तसम्म कूल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यद्यपि यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको जेठ मसान्तसम्म कूल १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियोे । ठूलो परिणाममा आयात बढ्दै गर्दा वैदेशिक व्यापार घाटा नै वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बनेपछि सरकारले आयात नियन्त्रण गर्ने नीति लिएको थियो । तर, ११ महिनाको आयातको तथ्यांक हेर्दा सरकारको यातायात नियन्त्रण नीतिले समेत काम नगरेको देखिन्छ ।

यसै अवधिमा यता निर्याततर्फ २२.७४ प्रतिशतले घट्दै कूल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष नेपालबाट १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । समीक्षा अवधिमा वैदेशिक व्यापार्फ १३ खर्ब ३७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ घाटा लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप