शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

झलनाथ खनालले भने–पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन

शुक्रबार, ०८ असार २०८०, १९ : १३
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।  

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।  

खनालले पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकताबद्ध र गोलबद्ध गर्न जरुरी रहेको बताए । उनले वैचारिक, सैद्धान्तिक दिशाहरूलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तर्विरोधकाे सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।  

खनालले नेकपा एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे । उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताए । उनले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए ।  

पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले सामन्तवादका अवशेषहरु समाजमा व्याप्त रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप