संसद बैठक
प्रतिनिधिसभामा सांसदले पत्रिका पढ्न थालेपछि सभामुखको रुलिङ
आइतबार, १० असार २०८०, १३ : ०९
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदले पत्रिका पढ्न थालेपछि सभामुख देवराज घिमिरेले पत्रिका नपढ्न रुलिङ गरेका छन् । आइतबार मन्त्रालयगत छलफल भइरहेको बैठकमा सांसदले पत्रिका पढेपछि सभामुख घिमिरेले ध्यानकर्षण गराएका हुन । बोल्दै गरेका गृहमन्त्री श्रेठलाई रोक्दै सभामुख घिमिरेले भने– ‘प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभाको बैठकमा पत्रिका पढ्ने काम नगर्न आग्रह गर्दछु ।’ उनले कुन सांसदले पत्रिका पढेको भन्ने बारेमा भने खुलाएनन् ।
त्यसपछि उनले फेरि मन्त्री श्रेष्ठलाई आफ्नो भनाई निरन्तरता दिन आग्रह गरे । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसदहरुले पालना गर्नुपर्ने विभिन्न नियमहरु रहेको छ । त्यस्ता नियम उल्लंघन भएको अवस्थामा सभामुलाई सचेत गराउँने अधिकार रहेको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण