‘प्रहरीले नष्ट गरेको गाँजा खेतीको क्षतिपूर्ति आउँदैन’
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गाँजा खेतीको सम्बन्धमा अहिले प्रचलित कानून नै लागू हुने बताएका छन् । उनले आज प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै गाँजा खेती अहिलेकै प्रचलित कानून लागू हुने बताएका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्दै जेठ १५ गते गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने योजना सार्वजनिक गरेको थियो । त्यसपछि, प्रतिनिधिसभामा गाँजा खेतीको विषयमा निकै चर्चा पाइरहेको छ ।
गाँजा खेती सम्बन्धमा उठेको प्रश्नको उत्तर दिँदै गृहमन्त्री श्रेष्ठले हाल प्रचलित कानूनमा खेती गर्न नपाउने भनिएको सम्झाए । उनले भने, ‘अहिले गाँजा खेती गर्न पाइन्छ भनिएको छैन । सम्भाव्यता अध्ययन गर्ने मात्रै भनिएको छ ।’ सोहीकारण, प्रहरीले नष्ट गरेको गाँजा खेतीको क्षतीपूर्ती सरकारले नब्यहोर्ने श्रेष्ठको भनाई छ । ‘गाँजा खेती खुलाउने कानून बनाउने प्रक्रियामा पनि गएको छैन,’ उनले भने, ‘नीति तथा कार्यक्रममै औषधीजन्य पदार्थका लागि खेतीको सम्भाव्यता खोज्ने भनिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण