प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर सभामुखद्वारा शोक व्यक्त
आइतबार, १० असार २०८०, १५ : ३९
काठमाडौँ । सभामुख देवराज घिमिरेले मातृशोकमा रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गरेका छन् ।
आइतबार काठमाडौँ–३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा पुगेर थपलियाको परिवारसँग सभामुखले शोक व्यक्त गरेका हुन । सभामुखले स्व. डम्बरकुमारी थपलियाको आत्माको चिरशान्तिको कामना गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
शोक व्यक्त गर्न सभामुखसहित प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय पनि किरियापुत्री भवन पुगेका थिए ।
थपलियाकी आमा डम्बरकुमारी थपलियाको गत असार १ गते काठमाडौँमा निधन भएको थियो । उनका तीन छोरा, चार छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण