शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमण, १३ जनाको मृत्यु

आइतबार, १० असार २०८०, २१ : ३३
आइतबार, १० असार २०८०

सिरिया । विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले भने, “यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण हो र यो नरसंहार हो ।” राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रूसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

पेशाले मजदुर रहेका ३५ वर्षीय साद फातोले एएफपीसँग कुरा गर्दै घाइतेको उद्धारका लागि आफूले सहयोग गरेको बताए । “रूसी गोलाबारूदहरू हामीमाथि वर्षा भयो,” आक्रमणको समयमा उनी टमाटर र काँक्रो अनलोड गरिरहेका आफुले गाडीबाट टमाटर र काँक्रो भारिरहेको बताउँदै फातोले भने ।

उनले भने, “यो घटना वर्णन गर्न सकिने दृष्य नै थिएन ।” आँखा अगाडी मृतकहरू, घाइतेहरूलाई देखेपछि आफ्नो काम छोडेर उनीसहित केहीले घाइतेलाई अस्पताल लाने प्रवन्ध गरेको बताए ।  घटनास्थलमा रहेका एएफपीका एक संवाददाताले घटनास्थलबाट कालो धुवाँको मुस्लो उठेको र एम्बुलेन्स, साइरन बजाउँदै घाइतेलाई बजारबाट अस्पताले पुर्याएको देखेका थिए । सिरियाली राष्ट्रपतिलाई लामो समयदेखि विद्रोहीविरूद्धको अभियानमा सहयोग गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप