एयरपोर्टमा आफ्नो मान्छे स्वागत वा बिदाइ गर्न अब तीन जना भन्दा बढी जान नपाउने
काठमाडौँ । अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मान्छेको स्वागत गर्न वा बिदाइ गर्न तीन जनाभन्दा बढी व्यक्ति जान नपाउने भएको छ । विमानस्थलमा अनावश्यक भिडभाड बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।
यस्तो व्यवस्था आन्तरिक (डोमेस्टिक) र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा लागू गरिएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सिटौलाले हाल त्रिभुवन विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको सङ्ख्या बढ्दो क्रममा रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थानको सीमितताका कारण यस्तो नीति लिनुपरेको जनाएका छन् ।
विमानस्थलको व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको, यात्रु झर्ने कक्षमा दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरूको सहज आवतजावतमा अवरोध सिर्जना भई यात्रु सेवा सुविधा प्रवाहमा समेत प्रतिकुल असर परिरहेकोले यस्ता समस्यालाई न्यूनीकरण गर्न यस्तो नीति लिनुपरेको समेत उनले विज्ञप्तिमार्फत बताएका छन् ।
योसँगै अब एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन स्वागत वा बिदाइ गर्न तीन जना भन्दा बढी व्यक्ति जान नपाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
-
खेल मैदानबाट खेल प्रशासनमा पूर्व खेलाडी : उपाध्यक्ष विशाल श्रेष्ठसहित ५ जनाले सम्हाले जिम्मेवारी
-
सांसद सिंहले भने : बजेट कार्यान्वयन हुने विश्वास छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण