जनमत पार्टी बजेटको विपक्षमा उभिने
काठमाडौँ । जनमत पार्टीले संसद्मा छलफलमा रहेको आर्थिक वर्ष २०८०/०८१ को बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ । जनमत पार्टी संसदीय दलका अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
जनमत पार्टीका अध्यक्ष राउतले गरिबमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने नसकिने निर्णय गरेको बताए । देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने बताउँदै उनले जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टीले जस्तो समर्थन दिन नसक्ने स्पष्ट पारे ।
यो संसद्को गरिमाको लागि पनि अपरिहार्य रहेको बताउँदै उनले डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने यो संसदीय अभ्यासको पनि आफ्नो पार्टीले विरोध गरेको बताए ।
‘संसद्मा आफूले बोलेको कुरामा ५–६ जना सांसदले मात्र अडान लिएर बसेको भए यो बजेट पारित हुने थिएन,’ अध्यक्ष राउतले भने, ‘तर बोल्ने बेलामा एउटा अनि लोभलालचमा परी त्यही बजेटलाई समर्थन गरिदिने परिपाटी रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण