ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो ।
विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उद्देश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरूले अझै नयाँ–नयाँ कुराहरू सिक्न पाउने उनको भनाई छ। साथै, कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा यो एउटा महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको उनले जानकारी दिए ।
‘कलेजले अत्याधुनिक भीआर ल्याब सञ्चालनमा ल्याएकोले म धेरै खुसी छु । यस प्रकारका अत्याधुनिक ल्याबमार्फत विद्यार्थीहरूले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन्। साथै, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको छ,’ सीईओ कँडेलले भने ।
कार्यक्रममा बोल्दै फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सञ्जीव सुब्बाले विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठुलो अवसर मिलेको बताए । भीआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरू जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेशन, लगायत रहेका छन् । यी सफ्टवेयर तथा उपकरणहरूको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्नेछन् ।
कलेजका उपप्राध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ‘ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने यसले प्रस्ट गर्छ । भीआर ल्याब एउटा उदाहरणमात्र हो । कलेज भ्रमणका लागि उत्साहित सम्भावित विद्यार्थीहरूले यसको अनुभव लिन सक्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग