सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित संसदीय प्रभावकारितामा महिला सदस्यहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सभामुख घिमिरेले सांसदहरूलाई सरकारलाई संसद्प्रति जबाफदेही बनाउने काममा भूमिका खेल्न आग्रह पनि गरे । उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताए । उनले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।
सभामुख घिमिरेले सांसदहरुको नीति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए । सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण