सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीका कारण फसेका चार जनाको उद्दार

शनिबार, १६ असार २०८०, २२ : ४५
शनिबार, १६ असार २०८०

नेपालगञ्ज । राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले आज उद्दार गरेको छ । जङ्गलमा बाख्रा चराउन गएका छमध्ये चार जनाको उद्धार भएको र थप दुई जनाको उद्दार गर्न लागेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्दार भएको थियो । उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप