शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

जेठ महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिए, ५३ प्रतिशत भारतीय

आइतबार, १७ असार २०८०, ११ : ५५
आइतबार, १७ असार २०८०

काठमाडौँ । सन् २०२३ को जुन (जेठ) महिनामा ७२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार जुनमा हवाईमार्ग हुँदै कूल ७२ हजार २५० जना पर्यटक नेपाल भित्रिएका हुन् । यसअघि जनवरीदेखि मे सम्म प्रतिमहिता लाखको हारहारीमा पर्यटक भित्रिरहेका थिए । मनसुन अर्थात् बर्खायाम शुरु भएसँगै पर्यटक आगमनमा केही कमी आएको बोर्डले जनाएको छ । 

तथापि, सन् २०२१ र २०२२ को तुलनामा यसवर्ष पर्यटकको राम्रो आगमन भएको हो । कोभिड–१९ अघिको पर्यटक आगमनको तुलनामा यसवर्ष ९६.४८ प्रतिशतको रिकभरी भएको बोर्डले जनाएको छ । 

५३ प्रतिशत भारतीय
बोर्डको तथ्याङ्कअनुसार कूल पर्यटक आगमनमध्ये अधिकतम् ५३.७६ प्रतिशत पर्यटक भारतीय रहेका छन् । जुन महिनामा मात्र ३८ हजार ८४५ भारतीय पर्यटक नेपाल आएका छन् ।  यस्तै, अमेरिकाबाट ८ हजार ४७० जना, चीनबाट २ हजार ४०२ जना, बंगलादेशबाट २ हजार ४०२ जना, लण्डनबाट १ हजार ९९२ जना भित्रिएका छन् । 

यसैगरी अस्ट्रेलियाबाट १ हजार ६३९ जना, मलेशियाबाट १ हजार ७९ जना, दक्षिण कोरियाबाट ८८८ जना, जापानबाट ७६४ जना र भुटानबाट ७०२ जना भित्रिएका छन् । यो हवाईमार्ग हुँदै आउने पर्यटकहरुको मात्र तथ्याङ्क हो । स्थलमार्ग अर्थात् सडकमार्ग हुँदै आउने पर्यटकहरुको संख्या यसको दोब्बर भन्दा बढी हुने बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप