सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट

बुधबार, २० असार २०८०, १३ : ००
बुधबार, २० असार २०८०

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत अब्रार हुसैन हासिमीबीच शिष्टाचार भेटघाट भएको छ । 

बुधबार  जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप