३९ अंकले घटेर नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा ओर्लियो
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से सूचकमा आज ३९ अंक माथिको गिरावट आएको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.८९ अंकले घट्दै ३८२.७४ अंकको विन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक (माइनस) हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ३.३१ प्रतिशतले घटेको छ भने आज निर्जीवन बीमा समूहको उपसूचक २.७५ प्रतिशतले घटेको छ ।
यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक २.१८ प्रतिशतले घट्दै गर्दा बैंकिङ्ग समूह र डेभलपमेन्ट समूहको उपसूचक क्रमशः ०.९० प्रतिशत र १.६८ प्रतिशतले घट्न पुगेको छ । आज सिटी होटलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घट्न पुगेको छ ।
समग्रमा ३९ अंकले घटेको बजारमा आज कूल ३ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण