३९ अंकले घटेर नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा ओर्लियो
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से सूचकमा आज ३९ अंक माथिको गिरावट आएको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.८९ अंकले घट्दै ३८२.७४ अंकको विन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक (माइनस) हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ३.३१ प्रतिशतले घटेको छ भने आज निर्जीवन बीमा समूहको उपसूचक २.७५ प्रतिशतले घटेको छ ।
यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक २.१८ प्रतिशतले घट्दै गर्दा बैंकिङ्ग समूह र डेभलपमेन्ट समूहको उपसूचक क्रमशः ०.९० प्रतिशत र १.६८ प्रतिशतले घट्न पुगेको छ । आज सिटी होटलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घट्न पुगेको छ ।
समग्रमा ३९ अंकले घटेको बजारमा आज कूल ३ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र उपेन्द्रबिचको लामो सम्बन्ध यसरी भयो घृणामा परिणत
-
कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?
-
जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु
-
निजगढ र कोल्हवी नगरपालिकाले ठेक्का लगाएको बकैया खोलामा अवैध उत्खनन रोक्न निर्देशन
-
एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी
-
तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने