नेपाली समाजलाई अगाडि बढाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन भूमिका खेल्ने बताएका छन् ।
बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसद्लाई सबल र राष्ट्रको हितमा काम गराउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् । उनले संसदभित्र भएका समस्या र कमी कमजोरीहरूलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताए ।
सभामुख घिमिरेले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए । उनले चुनाव जसरी पनि जित्नुपर्ने नभई स्वस्थ प्रतिस्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राखे ।
अध्यक्ष तिमिल्सिनाले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद् सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण