मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन अस्ट्रेलियामा पोखरेल समूहद्वारा उम्मेदवारी घोषणा

बिहीबार, २१ असार २०८०, ११ : ३६
बिहीबार, २१ असार २०८०

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलको समूहमा रहेका युवा उम्मेदवारहरूले आसन्न निर्वाचनका लागि आफ्नो घोषणा गरेका छन् । आगामी जुलाई २९ मा हुने चुनावका लागि उनले समूहकै उम्मेदवारी घोषणा गरेका हुन्  । उनको समूहमा राष्ट्रिय टिमको महासचिव पदमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।  यस्तै सहकोषाध्यक्षका लागि रोजी पन्त र युथ कोअर्डिनेटरमा अर्जुन गौतमले उम्मेदवारी घोषणा गरेका छन् । 

अध्यक्ष पदका उम्मेदवार पोखरेलले अनुभवी एवम् विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सारथिहरू लिएर चुनावमा होमिएका हुन् ।  स्टेट कोअर्डिनेटरमा विनोद बहादुर कुँवर, स्टेट डेपुटी कोअर्डिनेटरमा अमर रसाइली, स्टेट युथ मेम्बरमा विज्ञान कँडेलले उम्मेदवारी छ । एनसीसी मेम्बरमा बद्रिकुमार बरुवाल, तेज कवाय, सन्तोष श्रेष्ठ, प्रकाश पाण्डे, रोशन भट्टराई र विमल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । 

एक दशक देखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेल बताउँछन् ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । उनी भन्छन्,'यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रूपमा मैले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु ।'

एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।

को हुन् महासचिव सन्तोष ? 

(एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलको समूहबाट महासचिवका उम्मेदवारी घोषणा गरेका सन्तोष कुँवर विगत १४ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन् । अस्ट्रेलियामा विद्यार्थी भिसामा सन् २००९ मा अस्ट्रेलिया पुगेका उनले २०१० मा मास्टर्स गरेका थिए । त्यसपश्चात् अस्ट्रेलियाको ‘माइग्रेसन ल एन्ड प्राक्टिस’मा स्नातक गरे । 

सन् २०१८ देखि उनले ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । यतिमात्रै नभई उनले २ वटा इटालियन रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन् । 

उनले एनआरएनमा रहेर विभिन्न पद तथा भूमिकामा रहेर काम गरिसकेका छन् । 

२०१५-२०१७ मा एनआरएन क्यूएलडीमा उनी प्रदेश सचिव रहेका थिए । यस्तै सन् २०१७-२०१९ मा एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष समेत बनेका उनी २०१९-२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य र २०२१ देखि हालसम्म आईसीसीका उपमहासचिव रहेका थिए । विभिन्न क्षेत्रमा नेतृत्वको अनुभव सँगालिसकेका कुँवरले यसपटक पोखरेलको प्यानलबाट महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । 

को हुन् सचिवका प्रत्याशी  थिरबहादुर गुरुङ ? 

सचिवमा उम्मेदवारी घोषणा गरेका थिरबहादुर गुरुङ सन् २००८ मा अस्ट्रेलियामा पुगेका थिए । अध्ययनका लागि अस्ट्रेलिया पुगेका उनले त्यहाँ विजनेस र ‘इन्टरनेशनर टुरिजम म्यानेजमेन्ट’ विषयमा स्नातक गरे । 

अस्ट्रेलियामा रहँदै गर्दा उनले विभिन्न कार्यक्रम तथा सामुदायिक संगठनहरूका स्वयंसेवकको भूमिका निर्वाह गरेका छन् । उनले २०१३-२०२३ सम्म खुकुरी फुटबल क्लबको कार्यकारी सदस्य, २०१७-२०२३ तामु ढी एसए को प्रवक्ता, २०१९-२०२३ सम्म एनआरएन स्टेट युथ कोअर्डिनेटर, २०२१-२०२३ सम्म एनआरएन स्टेट ग्राण्ड एप्लिकेसन सल्लाहकार, एनआरएन राष्ट्रिय युवा सल्लाहकार २०२१-२०२१सम्म र २०२२-२०२३ सम्म एडिलेड नेपालिज क्रिकेट एसोसिएसनका सल्लाहकारको भूमिकामा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप