अपराध
उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर वडाध्यक्षसहित तीन जना फरार, प्रहरीमा उजुरी
शुक्रबार, २२ असार २०८०, ०९ : २०
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -३ का वडाध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको पाइएको छ।
वडाध्यक्ष विनोदसिं विष्ट, सुशिल गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।
उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्। बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन्।
उनीहरुले काम सिद्ध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले रातोपाटीलाई बताइन् । उक्त विषयमा अहिले पत्रकार सम्मेलन गरिने पनि उनले बताइन् ।
वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण