राजनीति
एमाले अडान कायमै, सभामुखले बोलाए छलफल
शुक्रबार, २२ असार २०८०, १० : ५१
काठमाडौँ । नेकपा एमालेले शुक्रबार पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ । यसैबीच संसद सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँको छलफल राखेका छन् । सभामुख घिमिरेले ११ बजे प्रमुख सचेतकहरुसँग छलफल राखेका हुन् ।
‘सभामुखले ११ बजे बैठक बोलाउनुभएको छ । त्यहाँ सहमति भएन भने आज पनि बैठक चल्न सक्दैन’, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने । यता प्रधानमन्त्री प्रचण्डले आजै आफ्नो अभिव्यक्तिबारे विवाद भएपछि संसदमा जवाफ दिने तयारी गरेका छन् । बिहीबार बसेको सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्री प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण