शंखरापुर नगरपालिकाले सामुदायिक वनमा रोप्यो २ हजार ६ सय बोट टिमुर
शुक्रबार, २२ असार २०८०, १६ : ४२
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले सामुदायिक बनको खाली रहेको जग्गामा २ हजार ६ सय बोट टिमुरका बिरुवा रोपेको छ । नगरपालिकाको वडा नम्बर २ स्थित लसीचौर माने डाँडा सामुदायिक वनमा टिमुर रोपिएको हो । बिहीबार नगरप्रमुख रमेश नापितले व्यावसायिक ढङ्गले उत्पादन गर्नका लागि टिमुर रोप्ने कामको थालनी गरेका हुन् । सो मात्राको बिरुवाले ८५ रोपनी क्षेत्रफल जमिन ढाक्ने शंखरापुर नगरपालिका कृषि शाखा प्रमुख सीतादेवी गुरागाईँले जानकारी दिइन् ।
लसीचौर माने डाँडा सामुदायिक वन उपभोक्ता समितिलाई नगरपालिकाको कृषि शाखाको तर्फबाट सो बिरुवा प्रदान गर्दै उनीहरूलाई संरक्षण गर्ने जिम्मेवारी दिइएको छ । सामुदायिक वनको डाँडाभरि टिमुर रोपिएको र ३ वर्षदेखि उत्पादन दिन थाल्ने कृषि शाखा प्रमुख जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण