शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शंखरापुर नगरपालिकाले सामुदायिक वनमा रोप्यो २ हजार ६ सय बोट टिमुर

शुक्रबार, २२ असार २०८०, १६ : ४२
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले सामुदायिक बनको खाली रहेको जग्गामा २ हजार ६ सय बोट टिमुरका बिरुवा रोपेको छ । नगरपालिकाको वडा नम्बर २ स्थित लसीचौर माने डाँडा सामुदायिक वनमा टिमुर रोपिएको हो । बिहीबार नगरप्रमुख रमेश नापितले व्यावसायिक ढङ्गले उत्पादन गर्नका लागि टिमुर रोप्ने कामको थालनी गरेका हुन् । सो मात्राको बिरुवाले ८५ रोपनी क्षेत्रफल जमिन ढाक्ने शंखरापुर नगरपालिका कृषि शाखा प्रमुख सीतादेवी गुरागाईँले जानकारी दिइन् । 

लसीचौर माने डाँडा सामुदायिक वन उपभोक्ता समितिलाई नगरपालिकाको कृषि शाखाको तर्फबाट सो बिरुवा प्रदान गर्दै उनीहरूलाई संरक्षण गर्ने जिम्मेवारी दिइएको छ । सामुदायिक वनको डाँडाभरि टिमुर रोपिएको र ३ वर्षदेखि उत्पादन दिन थाल्ने कृषि शाखा प्रमुख जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप