अनुदानमा बेलायत ऋणमा विश्व बैङ्क अगाडि
काठमाडौं । नेपाललाई वैदेशिक सहायता उपलब्ध गराउने सन्दर्भमा द्विपक्षीय विकास साझेदारको जोड अनुदानमा र बहुपक्षीय विकास साझेदारको जोड ऋणमा रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बेलायत, नर्वे, जापान, दक्षिण कोरियाजस्ता द्विपक्षीय विकास साझेदारले अनुदान सहायतालाई प्राथमिकतामा राखेको देखिन्छ ।
शुक्रबारसम्मको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा बेलायतले सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । स्थानीय पूर्वाधार रूपान्तरण परियोजनाका लागि बेलायतले १४ अर्ब ४० करोड रुपियाँ अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।
बेलायतपछि नर्वेले दुई अर्ब ५७ करोड रुपियाँ, जापान र दक्षिण कोरियाले दुई अर्ब हाराहारीमा अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ऋणमा जोड दिने बहुपक्षीय विकास साझेदारमा विश्व बैङ्क सबैभन्दा अघि देखिएको छ । विश्व बैङ्कले चालु आवका लागि करिब ८१ ऋर्ब रुपियाँ ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विश्व बैङ्कले नेपालको क्षेत्रीय पारवहन र व्यापार सञ्जाल परियोजनाका लागि मात्रै करिब ३५ अर्ब रुपियाँ ऋण उपलब्ध गराउने सहमति दिएको छ । विश्व बैङ्कपछि एसियाली विकास बैङ्क ९एडिबी० ले करिब ८० अर्ब रुपियाँ ऋण दिने प्रतिबद्धता जनाएको छ । एडिबीले सासेक राजमार्ग स्तरोन्नति परियोजनाका लागि मात्रै ३९ अर्ब ३० करोड रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज
-
खैरो हिरोइनसहित पोखराबाट २ जना पक्राउ
-
अर्थ समिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन : पूर्वअर्थमन्त्री पौडेल
-
नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता
-
पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रशारणमा सम्झौता
-
जसपा नेपालको केन्द्रीय समिति : विभाजनमा संलग्न नेताहरूको आलोचना