लुम्बिनी प्रदेशका अर्थमन्त्रीद्वारा योजनाको अनुगमन

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन् । पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो । रू ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन स्थल निर्माण भइरहेको छ ।
मन्त्री मास्कीले गढवा गाउँपालिका–४ स्थित खैराघाटको तटबन्धनको अनुगमन गरेका छन् । यस क्षेत्रमा तटबन्ध नहुँदा नागरिकले वर्षात्मा सास्ती भोग्नुपरेको थियो । तटबन्ध निर्माण अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुसी भएका छन् । त्यस्तै उनले गढवा गाउँपालिका–३ स्थित निर्माणाधीन कोल्डस्टोरको पनि अनुगमन गरेका छन् । कोल्डस्टोर निर्माण सम्पन्न भएपछि उत्पादित कृषिजन्य वस्तु भण्डारणका लागि सहज हुने मन्त्री मास्कीले बताए। उनले नियमितको अनुगमनले निर्माण दिगो र छिटो सम्पन्न हुने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : तीन जना चालक नियन्त्रणमा
-
पत्नीको कुटपिटबाट पतिको मृत्यु
-
बागमती प्रदेशसभामा ६ समितिका प्रतिवेदन पेस
-
रातोपाटीकर्मी दुलाल सम्मानित
-
लाइसेन्स पासमा सेटिङ - अख्तियारले समात्यो कर्मचारी र बिचौलिया
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’